ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेण्ट कम्पनी : कम्पनी विश्लेषण (मंगलवार, ४ चैत २०७)

२०७६ चैत, ४  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा असार ३१ गते निवेदन दिएको थियो । बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ५५ करोड ३६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. ५६ करोड ७२ लाख थियो । प्रतिशेयर आम्दानी रू. १० दशमलव शून्य ७ छ । सोमवार कम्पनीको शेयरमूल्य रू. १३४ कायम भएको छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन टुप्पि र पुच्छर भएको सेतो मैनबत्ती आकृती बनेको छ । यस्तो मैनबत्तिले शेयर मूल्य बढ्ने सङ्केत देखाउँछ । आरएसआई न्यूट्रल जोन ४३ दशमलव ६९ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ७८ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखिन्छ । यस्तो अवस्थामा जोखिम कम र प्रतफिल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । सोमबारकोे शेयरमूल्य रू. १३४ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १३२ मा टेवा र महँगिएमा रू. १४० मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)