ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मितेरी डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (मंगलवार, ४ चैत २०७)

२०७६ चैत, ४  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले शेयरधनीलाई १९ दशमलव ५० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । कम्पनीले १८ दशमलव ५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारीतका लागि कम्पनीले अगाामी चैत ८ गते साधारणसभा आयोजना गरेको  छ । फागुन २२ गतेसम्म कायम शेयरधनीले सो लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ५० लाख रहेको छ । १८ दशमलव ५२५ प्रतिशत बोनस वितरण पश्चात् उक्त पूँजी रू. ६९ करोड ३३ लाख ७१ हजार २५० पुग्नेछ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ८ करोड ३५ लाख नाफा कमाएको छ । सोमवार कम्पनीको शेयरमूल्य रू. ३५७ कायम भएको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो मारुबोजु बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ४६ दशमलव १८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १२ दशमलव शून्य ५ विन्दुमा छ । उतारचढाव सामान्य देखिन्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ३५७ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ३३३ मा टेवा र महँगिएमा रू. ४१४ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)