ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिन्धु विकास बैंक : कम्पनी विश्लेषण (मंगलवार, ४ चैत २०७)

२०७६ चैत, ४  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले यस वर्ष शेयरधनीलाई ११ दशमलव ५१३ प्रतिशत बोनस शेयर दिएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ६०  प्रतिशतले कमि आएको हो । सो अवधिमा कम्पनीले रू. २ करोड ६५ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । प्रतिशेयर आम्दानी रू. ४ दशमलव १७ छ । चुक्तापूँजी रू. ५० करोड रहेको कम्पनीले जगेडा कोषमा रू. ४ करोड १० छुट्याएको छ । सोमवार कम्पनीको शेयरमूल्य रू. १३० कायम भएको छ । 

कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिन छोटो टुप्पी र लामो पुच्छर भएको कालो शरीरको मैनबत्ति चित्र बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन घट्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ४३ दशमलव ६२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ९१ विन्दुमा छ । उतारचढाव सामान्य देखिन्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. १३० देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १२८ मा टेवा र महँगिएमा रू. १४० मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)