कम्पनीले यस वर्ष ७ प्रतिशत बोनस शेयर वितरण गरेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ६६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. १ करोड ५८ लाख थियो । चुक्ता पूँजी रू. १० करोड ३५ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ३ करोड ३० लाख छुट्याएको छ । हाल सम्ममा कम्पनीले ३६ वटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । मंगलबार कम्पनीको शेयर मूल्य रू. ७७० कायम भएको छ । अघिल्लो दिनको तुलनामा रू. ३० ले कमि आएको हो ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृती बनेको छ । यस्तो आकृतीले कम्पनीको शेयर मूल्य आगामी दिनमा बुलिसमा रिर्भस हुने सङ्कते देखाउँछ । विश्वसनियता भने न्यून रहेको छ । आरएसआई न्यूट्रल जोन ३९ दशमलव ५४ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३१ दशमलव ४९ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा तल छ । मंगलबारको शेयरमूल्य रू. ७७० देखि बजारको अवस्था परीवर्तन भई सस्तिएमा रू. ७४० मा टेवा पाउने र मंहगिएमा रू. ८४७ मा प्रतिरोध पाउने देखिन्छ ।