कम्पनीले यस वर्ष १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको छ । नगद लाभांश कम्पनीले शेयरधनीको बैंकमा पठाएको छ भने बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपछि शेयरधनीको डिम्याट खातामा आउँछ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा १५८ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा कम्पनीले रू. ३ करोड ३४ लाख नाफा कमाएको हो । नाफा गत आवको दोस्रो त्रैमासमा रू. १ करोड २९ लाख थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । मंगलवार कम्पनीको शेयरमूल्य रू. ६८५ कायम भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्गल्फिङ बियरिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बियरिश जाने संकेत दखाउँछ । विश्वसनीयता भने सामान्य रहेको छ । आरएसआई न्युट्रल जोन ३३ दशमलव ४२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २८ दशमलव ६१ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्य रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ६८५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ७७४ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ५८३ मा टेवा पाउने देखिन्छ ।