कम्पनीले यस वर्ष ३५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । मंसिर ९ गते सम्पन्न वार्षिक साधारणसभाले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा ४ गुणा वृद्धि भएको छ । सो अवधिमा कम्पनीले ७ करोड ८७ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. १ करोड ९६ लाख थियो । मंगलवार कम्पनीको शेयरमूल्य रू. १ हजार १४६ कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य रू. ७४ ले घटेको हो ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ३५ दशमलव २४ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७३ दशमलव ४५ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. १ हजार १४६ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ हजार ३६४ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ९६९ मा टेवा पाउने देखिन्छ ।