कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा रू. ७ करोड ८ लाख ९८ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा रू. ४ करोड ८५ लाख १७ हजार थियो । गत वर्षभन्दा यस वर्ष ४६ प्रतिशत बढी नाफा भएको हो । कम्पनीको चुक्तापूँजी रू. २७ करोड ८३ लाख छ । रिजर्भ कोषमा रू. २४ करोड ७५ लाख छुट्ट्याएको छ । यस वर्ष कम्पनीले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । मंगलवार कम्पनीको अन्तिम शेयरमूल्य रू. ९६९ कायम भएको छ । अघिल्लो दिनको तुलनामा रू. ५१ ले शेयरमूल्य घटेको हो ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो पुच्छर भएको कालो मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ४० दशमलव ५० विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सञ्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४० दशमलव ९८ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखाले १४ दिने औसत मूल्यरेखालाई तलदेखि काटेर माथि गएको छ । हालको मूल्यरेखा यी दुवै रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ९६९ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ हजार २० देखि १ हजार ८९ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ९७४ मा टेवा पाउने देखिन्छ ।