यस कम्पनीले चैत २६ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा १२ प्रतिशत बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव लैजाँदै छ । यो सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र तीन जना सञ्चालक निर्वाचन समेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १० गतेदेखि बुक क्लोज गर्न लागेको छ । यस कम्पनीले १५० प्रतिशत हकप्रद शेयर विक्री गरेको छ । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड ५० लाख १५ हजार पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४६ दशमलव ६० र प्रतिशेयर नेटवर्थ रू. १८३ दशमलव ५२ रहेको छ । कम्पनीको मंगलवार शेयरमूल्य रू. ७३० कायम भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ३३ दशमलव ८५ विन्दुमा छ । यसले शेयर खरीद चाप बढी रहेको देखाउँछ । ते स्ट्यान्डर्ड डेभिएशन ३३ दशमलव ८० विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखालाई माथिदेखि काटेर १४ दिने औसत मूल्यरेखा तल गएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा तल छ । मंगलवारकोे शेयरमूल्य रू. ७३० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ७९३ मा प्रतिरोध र सस्तिएमा रू. ५४० मा टेवा पाउने देखिन्छ ।