ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्पर्श लघुवित्त : कम्पनी विश्लेषण (बुधवार, ५ चैत २०७६)

२०७६ चैत, ५  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले यस वर्ष कम्पनीले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश दिएको छ । बोनसपश्चात् कम्पनीको चुक्ता पूँजी रू. ९ करोड ३७ लाख पुगेको छ । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले रू. १ करोड ३७ लाख नाफा कमाएको छ । यस अवधिसम्म जगेडा कोषमा रू. २ करोड २१ लाख कायम भएको छ । हाल १० जिल्लामा २० ओटा शाखा कार्यालय मार्फत सेवा दिइरहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. २९ दशमलव २३ रहेको छ । कम्पनीको मंगलवार अन्तिम शेयरमूल्य रू. ७०३  कायम भएको छ । यस दिन रू. ४९ ले शेयरमूल्य घटेको हो ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो पुच्छर भएको मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत देखाउँछ । आरएसआई ओभरसोल्ड जोन २८ दशमलव ६३ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५१ दशमलव शून्य ४ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखालाई  १४ दिने औसत मूल्यरेखाले माथिदेखि काटेर तल गएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ७०३ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ८५७ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ६९८ मा टेवा पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)