बैंकले १० वर्षे अवधिको रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र विक्री गरिसकेको छ । बैंकले फागुन २० देखिचैत ४ गतेसम्म उक्त ऋणपत्र विक्री गरेको हो । सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने तयारीमा रहेको बैंकले सहयोगीको १०० कित्ता बराबर आफ्नो ९१ दशमलव ७५ कित्ता शेयर स्वाप रेसियो कायम गर्ने निर्णय गरेको छ । प्राप्तिसम्बन्धी विविध प्रस्ताव पारित गर्न बैंकले चैत १० गते विशेष साधारणसभा बोलाएको छ । सहयोगीलाई प्राप्ति गर्ने सम्झौता गत असारमै भएको थियो । हाल रू. ८ अर्ब ६२ करोड २१ लख ९६ हजार चुक्तापूँजी रहेको यस बैंकको सहयोगीलाई प्राप्ति गरेपछि चुक्तापूँजी रू. ९ अर्ब ८ करोड ९८ लाख १७ हजार पुग्नेछ । बुधवार यस बैंकको अन्तिम शेयरमूल्य रू. १८५ कायम भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिन पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ३७ दशमलव ७६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ६१ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिक भएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा तल छ । बुधवारको शेयरमूल्य रू. १८५ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १८१ मा टेवा पाउने र महँगिएमा रू. १९१ देखि २०२ मा प्रतिरोध पाउने देखिन्छ ।