ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लक्ष्मी बैंक : कम्पनी विश्लेषण (बिहीवार, ६ चैत २०७६)

२०७६ चैत, ६  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

यस वर्ष १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको बैंकको दोस्रो त्रैमाससम्म वितरणयोग्य नाफा रू. ५९ करोड १८ लाख ४४ हजार छ । यस अवधिसम्म बैंकले रू. ९० करोड ३० लाख २९ हजार खुद नाफा गरेको छ । चुक्तापूँजी रू. ९ अर्ब ८१ करोड छ भने जगेडा कोषमा रू. २ अर्ब ३० करोछ छुट्याएको छ । बैंकले जारी गरेको ८ प्रतिशत ब्याजदरको लक्ष्मी बैंक डिबेञ्चर २०७६, को माघ २१ गतेदेखि समयअवधि सकिएकाले माघ २२ गतेदेखि उक्त ऋणपत्रको साँवा र अन्तिम किस्ता साथै तिर्न बाँकी ब्याज रकम एकमुण्ट भुक्तानी गरेको छ । यो प्रक्रिया लक्ष्मी क्यापिटलले पूरा गरिरहेको छ । बुधवार बैंकको अन्तिम शेयरमूल्य रू. २०५ कायम भएको छ ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिन लामो टुप्पी र छोटो पुच्छर भएको कालो मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ३६ दशमलव १८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ३५ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकै विन्दुमा छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा तल छ । बुधवारको शेयरमूल्य रू. २०५ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १९२ मा टेवा पाउने र महँगिएमा रू. २१४ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)