ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल बैंक : कम्पनी विश्लेषण (बिहीवार, ६ चैत २०७६)

२०७६ चैत, ६  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


यस वर्ष बैंकले लाभांश दिएको छ  १५ बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिएको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको नाफा रू. १ अर्ब ३५ करोडभन्दा बढी छ । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ६६ करोड थियो । गत वर्षभन्दा यस वर्ष बैंकको नाफामा कमी आएको छ । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. ६८ करोड ३७ लाख १९ हजार छ । हाल रू. ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्तापूँजी रहेको बैंकको जगेडा कोषमा रू. १३ अर्ब ५२ करोड रहेको छ । प्रतिशेयर आम्दानी रू. २७ दशमलव ५७ रहेको यस बैंकको बुधवार अन्तिम शेयरमूल्य रू. कायम भएको हो । 

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने वा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्यूट्रल जोन ३४ दशमलव ९७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ६ दशमलव शून्य ९ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. २५५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २६६ मा प्रतिरोध पाउने देखिन्छ । कम्पनीको बुधवार कायम रहेको शेयरमूल्य ६० दिनयताकै न्यून मूल्य हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)