ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया बैंक : कम्पनी विश्लेषण (बिहीवार, ६ चैत २०७६)

२०७६ चैत, ६  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ३९ हजार १ सय कित्ता संस्थापक शेयर चैत ४ गतेदेखि लिलामीमा विक्री खुला गरिरेहको छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । लीलामी शेयरमा आवेदन दिन चैत ४ गतेदेखि १२ गतेसम्म अवधि तोकिएको छ । शेयरको न्यूनतम मूल्य रू. २५० तोकिएको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । बैंकको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । बुधवार कम्पनीको शेयरमूल्य रू. ५०२ कायम भएको छ । अघिल्लो दिनको तुलनामा रू. ६ ले घटेको हो । 

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्यूट्रल जोन ४१ दशमलव शून्य ९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १६ दशमलव ५८ विन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. ५०२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ४४३ मा टेवा पाउने र मूल्य महँगिएमा रू. ५६७ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)