ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा बैंक : कम्पनी विश्लेषण (बिहीवार, ६ चैत २०७६)

२०७६ चैत, ६  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुस २७ गते निवेदन दिएको हो । स्वीकृती पाएपछि कम्पनीले ४० लाख कित्ता मध्ये २४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १६ लाख कित्ता व्याक्तिगत संघ संस्थालाई विक्री गर्नेछ । १० दशमलव २५ प्रतिशत ब्याजदरमा १० वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्नको लागि निवेदन दिएको हो । विक्री प्रबन्ध्क एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । बुधवार कम्पनीको शेयर मूल्य रू. ३२० कायम भएको छ । अघिल्लो दिनको तुलनामा रू. ५ ले घटेको हो । 

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिन लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले घट्ने बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुन सक्दछ । आरएसआई न्यूट्रल जोन ३५ दशमलव ६७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ९ दशमलव ९६ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. ३२० देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ३११ मा टेवा पाउने र महँगिएमा रू. ३६० मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)