कम्पनीले यस वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ दशमलव ८ प्रतिशत नगद लाभांश दिएको हो । कम्पनीले नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइसकेको छ भने बोनस शेयर नेप्सेमा सूचीकृत भएपछि मात्र हितग्राही खातामा आउनेछ । कम्पनीले यस वर्षको दोस्रो त्रैमाससम्ममा रू. ९४ करोड ४३ लाखभन्दा बढी खुद नाफा गरेको छ । सोही अवधिमा वितरणयोग्य नाफा रू. ५१ करोड ९० लाख ३८ हजार रहेको छ । चुक्तापूँजी रू. ८ अर्ब ९६ करोड रहेको कम्पनीले जगेडा कोष रकम रू. २ अर्ब ९३ करोड छुट्याएको छ । बुधवार कम्पनीको शेयरमूल्य रू. २३४ कायम भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिन इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिभर्स हुने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य रहेको छ । आरएसआई न्यूट्रल जोन ३९ दशमलव ६१ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ८ दशमलव १३ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा तल छ । बुधवारको शेयरमूल्य रू. २३४ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. २१५ मा टेवा पाउने र मूल्य महँगिएमा रू. २६६ मा प्रतिरोध पाउने देखिन्छ ।