यस कम्पनीले चालू आवमा रू. १ अर्ब ९ करोड ५९ लाख ३० हजार चुक्तापूँजी पुर्याएको छ । कम्पनीले चालू आर्थिक वर्षको ६ महीनामा रू. ५ करोड ६९ लाख ३९ हजार खुद नाफा गरेको छ । गतवर्ष यस अवधिमा कम्पनीको नाफा रू. २ करोड ५१ लाख ६६ हजार थियो । यस वर्ष कम्पनीले कुल बीमाशुल्क रू. ४८ करोड ६२ लाख ४३ हजार आर्जन गरेको छ । यो रकम गतवर्ष रू. ३८ करोड ९८ लाख ५७ हजार थियो । कम्पनीले रू. ९ करोड २५ लाख ८६ हजार दाबी भुक्तानी गरेको छ । यस वर्ष ५१ हजार ५५८ बीमालेख जारी भएको छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. ३४० कायम भएको छ । अघिल्लो दिनको तुलनामा बिहीवार कम्पनीको शेयरमूल्य रू. ७ ले बढेको हो ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिन लामो टुप्पी र सानो पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ३६ दशमलव ६३ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १३ दशमलव ९१ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यसले जोखिम र प्रतिफलको अवस्था पनि न्यून रहेको बुझाउँछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २७ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका भएका छन् । हालको मूल्य रेखा यी दुई रेखाभन्दा तल रहेको छ । बिहीवारको शेयरमूल्य रू. ३४० देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. २७५ मा टेवा र महँगिएमा रू. ३७० मा प्रतिरोध पाउने देखिन्छ ।