ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेको इन्स्योरेन्स : कम्पनी विश्लेषण (शुक्रवार, ७ चैत २०७६)

२०७६ चैत, ७  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले यस वर्ष ८ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १६ करोड ४७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. १७ करोड थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । बिहीवार कम्पनीको शेयरमूल्य रू. ४८६ कायम भएको छ । अघिल्लो दिनको तुलनामा रू. ५ वृद्धि भएकोे हो । 

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको सेतो मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रोल जोन ३८ दशमलव ४४ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १७ दशमलव ५४ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्य रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ४८६ देखि बजारको अवस्था परीवर्तन भई सस्तिएमा रू. ४२० मा टेवा पाउने र मूल्य महँगिएमा रू. ५२१ मा प्रतिराध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)