कम्पनीले पूँजीवृद्धिका लागि ६० प्रतिशत हकप्रद निष्कासन गरिसकेको छ । ६० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपछि कम्पनीको पूँजी रू. १ अर्ब २ करोड पुग्नेछ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ८ करोड ७५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. ८ करोड ४५ लाख थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले पुनर्बीमा बापत रू. १४ करोड ४२ लाख आम्दानी गरेको छ । प्रतिशेयर आम्दानी रू. २७ दशमलव ३५ छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. ५४५ कायम भएको छ । त्यस्तै कम्पनीको गत कारोवार दिन (बुधवार) पनि अन्तिम शेयर मूल्य रू. ५४५ नै कायम रहेको थियो ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुन्छ । आरएसआई न्युट्रल जोन ३१ दशमलव ३९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २३ दशमलव ९७ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा, १४ दिने औसत मूल्यरेखा र १ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ५४५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ६०० मा प्रतिरोध पाउने देखिन्छ । बिहीवार कम्पनीको शेयरमूल्य ६० दिनयताकै न्यून मूल्य रू. ५४५ पुगेको हो ।