ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु इन्स्योरेन्स : कम्पनी विश्लेषण (शुक्रवार, ७ चैत २०७६)

२०७६ चैत, ७  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारणसभा कम्पनीले गत माघ २४ गते सम्पन्न गरेको छ । यस वर्षका लागि ५ प्रतिशत बोनस शेयर र कर समेत ११ दशमलव ३२ प्रतिशत नगद लाभांश दिएको छ । दोस्रो त्रैमासमा रू. ५ करोड ८९ लाखभन्दा बढी नाफा आर्जन गरेको छ । पुस मसान्तसम्म रू. १ अर्ब ५० लाख ७६ हजार चुक्तापूँजी रहेको कम्पनीको बोनस पश्चात् चुक्तापूँजी रू. १ अर्ब ५ करोड ५३ लाख ३० हजार पुगेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३७ हजार ६५७ बीमालेख जारी गरेको कम्पनीले यस अवधिमा रू. ८३ करोड ७५ लाखभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । प्रतिशेयर आम्दानी रू. ६ रहेको कम्पनीको बिहीवार अन्तिम शेयरमूल्य अघिल्लो कारोबारभन्दा रू. १३ ले बढेर  रू. ३६४ कायम भएको छ ।

कम्पनीको ६० दिनको कारोबार अवधिमा अन्तिम दिन सेतो मैनबत्ति आकृति बनेको छ । यस आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ३५ दशमलव शून्य ४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १६ दशमलव ७६ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्य रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ३६४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ३५१ मा टेवा र महँगिएमा रू. ४४५ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)