आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा सम्पन्न गरी ८६ प्रतिशत बोनस दिएको यस कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ लाख पुगेको छ । गत आर्थिक वर्षको साधारणसभाका लागि भने कम्पनीले हालसम्म कुनै सूचना सार्वजनिक गरेको छैन । रू. २८ करोडभन्दा बढी जगेडा कोष रकम रहेको यो कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १० करोड ३९ लाख खुद नाफा गरेको छ । गतवर्ष यो नाफा रू. ८४ करोड ८ लाख थियो । दोस्रो त्रैमासमा कम्पनीले रू. १ अर्ब २३ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ भने ८७ हजारभन्दा बढी बीमालेख जारी गरेको छ । प्रतिशेयर आम्दानी रू. २० दशमलव ७६ रहेको कम्पनीको बिहीवार अन्तिम शेयरमूल्य रू. ५८७ कायम भएको छ । यस दिन रू. १२ ले शेयरमूल्य बढेको हो ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिन सेतो मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ३५ दशमलव २७ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २० दशमलव ८३ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ५८७ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ५७५ मा टेवा पाउने र महँगिएमा रू. ६३३ मा प्रतिरोध पाउने देखिन्छ ।