यस कम्पनीले ३० प्रतिशत हकप्रद शेयर चैत १३ गतेदेखि विक्री खुला गर्दै छ । कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद विक्री गर्न माघ १४ गते बोर्डको अनुमति पाएको थियो । हकप्रद प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गरेको छ । यस आधारमा फागुन १२ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् । इक्रा नेपालले कम्पनीको यो हकप्रदलाई औसतभन्दा माथिको आधार बुझाउने ‘इक्राएनपी ग्रेड ३ प्लस’ रेटिङ दिएको छ । हाल रू. १ अर्ब ५ करोड ७३ लाख १० हजार चुक्तापूँजी रहेको कम्पनीको हकप्रदपश्चात् रू. १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. २३ करोडभन्दा बढी नाफा गरेको छ । बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो कारोबारभन्दा रू. १४ ले बढेर रू. ८४२ कायम भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिमा अन्तिम दिन सामान्य डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने र घट्नेमा अन्योलको संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ३२ दशमलव ४१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १८ दशमलव ४२ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्य रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ८४२ देखि बजारको अवस्था परीवर्तन भई सस्तिएमा रू. ८२८ मा टेवा र महँगिएमा रू. १ हजार ५ मा प्रतिरोध पाउने देखिन्छ ।