कम्पनीले यस वर्ष २ प्रतिशत बोनस शेयर र ४ दशमलव ७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्ताव पारितका लागि कम्पनीले चैत १४ गतेका लागि तय गरिएको नवौं वार्षिक साधारणसभा स्थगित भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएकाले हाललाई सभा स्थगित गरेको कम्पनीले उल्लेख गरेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ६५ करोडभन्दा बढी नाफा गरेको छ । वितरणयोग्य नाफा रू. ४२ करोडभन्दा बढी छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. १६२ कायम भएको छ ।
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिन पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ३६ दशमलव शून्य ६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव शून्य ५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १६२ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १५७ मा टेवा पाउने र महँगिएमा रू. १८५ मा प्रतिरोध पाउने देखिन्छ ।