बिहीवार कम्पनीको शेयरमूल्य रू. २०६ कायम भएको छ । सो दिन कम्पनीको १ लाख १२ हजार ६०४ कित्ता शेयर खरीद विक्री भएको छ । बुधवारको तुलनामा रू. ३ ले वृद्धि भएको हो । कम्पनीले यस वर्ष शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ५१ करोड २७ लाख नाफा कमाएको छ । चुक्तापूँजी रू. १० अर्ब ३८ करोड रहेको कम्पनीले जगेडा कोषमा रू. १ अर्ब ८९ करोड छुट्ट्याएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ दशमलव २९ छ ।
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिन सानो टुप्पी र पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने कंकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ४२ दशमलव ७४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ३५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. २०६ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १९६ मा टेवा र महँगिएमा रू. २३० मा प्रतिरोध पाउने देखिन्छ ।