ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनसीसी बैंक : कम्पनी विश्लेषण (आइतवार, ९ चैत २०७६)

२०७६ चैत, ९  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

यस कम्पनीले लगानीयोग्य पूँजी जुटाउन ऋणपत्र निष्कासन गर्न लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा माघ १ गते निवेदन दिएको छ । ३० लाख कित्ता ऋणपत्र निष्कासनका लागि निवेदन दिएको हो  । कम्पनीले १० वर्षसम्मका लागि १० दशमलव ५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न निवेदन दिएको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ७५ करोड ६३ लाखभन्दा बढी नाफा गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा रू. ५२ करोड ५२ लाखभन्दा बढी छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. १९० कायम भएको छ । अघिल्लो दिनको तुलनामा रू. १२ ले वृद्धि भएको हो ।

कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिन क्लोजिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४५ दशमलव शून्य १ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ६६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १९० देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १७८ मा टेवा पाउने र महँगिएमा रू. १९७ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)