ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु बैंक : कम्पनी विश्लेषण (आइतवार, ९ चैत २०७६)

२०७६ चैत, ९  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बैंकले २० लाख कित्ता ऋणपत्र विक्री गर्न बोर्डमा माग २२ गते निवेदन दर्ता गराएको छ । कुल कित्तामध्ये १२ लाख सर्वसाधारण र ८ लाख विभिन्न संघसंस्थालाई विक्री गर्नेछ । बैंकको शेयरपूँजी रू. १० अर्ब ३१ करोड ५५ लाखभन्दा बढी छ । यस वर्ष १६ प्रतिशत बोनस दिएको बैंकले दोस्रो त्रैमाससम्म रू. १ अर्ब ८ करोडभन्दा बढी नाफा गरेको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ३ करोड छ । प्रतिशेयर आम्दानी रू. २२ दशमलव १२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १४७ दशमलव ६१ छ । बिहीवारको कारोबारमा बैंकको अन्तिम शेयरमूल्य रू. २२६ कायम भएको छ । 

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने र घट्नेमा अन्योलको संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ३५  दशमलव ६५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. २२६ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २५४ मा प्रतिरोध र सस्तिएमा रू. २२३ मा टेवा पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)