साउन २७, काठमाडौं । मंगलवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ९ दशमलव २४ अंकले घटेको छ । कारोेबार शुरु भएको एक घण्टासम्म सामान्य अंकले बढेको बजार सो पछि ओरालो लाग्न शुरु गरेको हो । कारोबारको तेस्रो घण्टाको अवधिमा बजार शून्य दशमलव ६५ प्रतिशत घटेर १ हजार ४२१ दशमलव १७ विन्दुमा पुगेको छ ।
यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । तेस्रो घण्टाको अवधिमा १८८ ओटा कम्पनीको रू. ८९ करोड १६ लाख बराबरको शेयर खरीद विक्री भएको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४ करोड १ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५९५ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा अजोड इन्स्योरेन्सको रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५५६ मा रू. २ करोड ४६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
Aja nepse ko live trading herna paiyena.bida ho ki vanera nepse sebon ra broker ma phone garda kahi response paiyena. Niyeman nikaya ko kunai vumika dekhiyena.