साउन २८, काठमाडौं । समृद्धि फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा अघिल्लो वर्षको सो अवधिको तुलनामा ६ गुणाभन्दा बढी नाफा गरेको छ ।
गत वर्ष कम्पनीले सो अवधिमा रू. ३ करोड ३८ लाख ८३ हजार खुद नाफा गर्न सफल भएको छ । यो नाफा अघिल्लो वर्ष सोहि अवधिसम्म रू. ३४ लाख ९१ हजार रहेको थियो ।
यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ६६ लाख ५ हजार रहेको छ । हाल रू. १८ करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको जगेडा कोष रकम रू. २३ करोड ६९ लाख ९८ हजार कायम भएको छ ।
अघिल्लो वर्ष शतप्रतिशत निष्क्रिय कर्जा रहेको कम्पनीले गत वर्ष ८६ दशमलव ६४ प्रतिशतमा यो कर्जा झारेको छ ।
हाल कायम चुक्तापूँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर जारी गर्न कम्पनीले फागुन २३ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरेको छ । दोस्रो बजारमा उक्त कम्पनीको प्रतिशेयर मूल्य मंगलवार रू. ११६ रहेको थियो । उक्त दिन रू. ३ ले कम्पनीको शेयरमूल्य बढेको हो ।
विसं २०७६ साल साउन १५ गते समस्याग्रस्त संस्थाबाट फुकुवा भएको उक्त कम्पनीले व्यवसाय विस्तारमा जोड दिदैं गएको छ ।
निष्कर्ष
कम्पनीको २५ दिनको कारोबार अवधिको अन्तिम दिन सूटिङ स्टार आकृती भएको मैनबत्ति बनेको छ ।
यस्तो आकृतीले लगानीकर्तामा अन्योलको अवस्था सृजना गराएको छ । यो आकृतिले कारोबारका लागि पर्ख र हेरको संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ६७ दशमलव ८७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ६२ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।
त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २१ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एक अर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा दुवै रेखाभन्दा माथि छ ।
मंगलवारको शेयरमूल्य रू. ११६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. १०१ मा टेवा पाउने देखिन्छ । कम्पनीको २५ दिन यताको कारोबारमा यस दिनको शेयरमूल्य सबैभन्दा उच्च कायम रहेको छ ।