आर्थिक अभियान राष्ट्रिय दैनिकले पन्ध्रौं वर्ष पूरा गरी सोह्रौं वर्ष प्रवेश गरेको अवसरमा समग्र पाठकवृन्द, विज्ञापनदाता र शुभेच्छुकहरूमा अभिवादन गर्दछौं । कोरोना महामारीद्वारा सृजित पछिल्लो विषम परिस्थितिले समाजका सबै पक्षमा दूरगामी परिवर्तन ल्याउँदै छ । र, आमसञ्चारमा पनि यसको असर परेको छ । हामी न्यू बिजनेश एज प्रालिले यस परिवर्तनलाई व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौं । र, यस प्रयासमा पाठकवृन्द, विज्ञापनदाता तथा शुभेच्छुकहरूको सहयोग पाइरहने अपेक्षा गर्दछौं ।
कोरोना महामारी र निषेधाज्ञाको अप्ठ्यारो अवस्थामा पनि मुलुकको अर्थतन्त्रको अवयवका बारेमा पाठकहरूलाई सुसूचित गर्ने हाम्रो दायित्व जारी नै रहनेछ । यस क्रममा हाम्रो प्रतिबद्धता भने सबैलाई समान रूपमा लागू हुने स्पष्ट नियमकानूनमा आधारित खुल्ला बजार अर्थतन्त्रको प्रवर्द्धनमा नै रहिरहने छ भन्ने दोहोर्याउँछौं ।
Congratulations and best wishes to Sweet Sixteen. Let your service skill, as sharpened by these many years of experience, continue to be of growing benefit to the society, your team members and to all the stakeholders, towards mutual prosperity with internal peace.
Suvakamana.