ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलविद्युत् कम्पनीको शेयरमूल्यमा उच्च उतारचढाव, एकै दिन ५२.३७ अंकको गिरावट

२०७७ असोज, ४  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

असोज ४, काठमाडौं । शेयर बजार १ हजार ६०० विन्दु नजिक पुग्दा धितोपत्र बजारमा जलविद्युत् कम्पनीको शेयरमूल्यमा उच्च उतारचढाव देखिएको छ । गत साताको अन्तिम कारोबार दिनमा १ हजार २९० विन्दुमा पुगेको जलविद्युत् समूहको परिसूचक आइतवार एकै दिन ५२ दशमलव ३७ अंकको गिरावट आएको छ । यस दिन शेयरमूल्य घट्नेमा धेरैजसो जलविद्युत् कम्पनीहरु रहेका छन् । 

सर्वाधिक १० प्रतिशतले आइतवार दुई ओटा जलविद्युत् कम्पनी हिमाल दोलखा र लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

हिमालय उर्जा विकास कम्पनीको ९ दशमलव ९३ प्रतिशत, पाँचथर पावर ९ दशमलव ८२ प्रतिशत, जोशी हाइड्रोपावर ९ दशमलव ७३ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ५७ प्रतिशतले घटेको हो ।

शेयर बजारले उचाई कायम गरिरहँदा जलविद्युत् समूहको परिसूचकम पनि उकालो लाग्ने क्रममै रहेको थियो । साउन मसान्तसम्मको जलविद्युत् समुहका कम्पनीहरुको कुल बजार पूँजिकरण र भदौ मसान्तसम्मको कुल बजार पूँजिकरणलाई आधार मान्दा पनि जलविद्युत् कम्पनीको शेयरमूल्य बढेको मान्न सकिन्छ । 

गत साउनमा रू. ९५ अर्ब ५९ करोड ३० लाख ६५ हजार रहेको जलविद्युत कम्पनीहरुको कुल बजारपूँजीकरण भदौ मसान्तसम्म रू. १ खर्ब २० अर्ब ९६ करोड ५० लाख ५७ हजार पुगेको नेप्सेले जानकारी दिएको छ । आइतवार ३ अंकले बढेको बजारमा भने जलविद्युत समूहको परिसूचक ४ दशमलव शून्य ६ प्रतिशत घटेको हो । गत साता पाँच कार्यदिनमा चार दिन बढेको जलविद्युत् समूहको परिसूचक यो साताको पहिलो कारोबार दिनमै उच्च अंकले घटेको हो । 

धेरै लामो समयदेखि बढ्न नसकेको जलविद्युत् क्षेत्रका कम्पनीहरुको शेयरमूल्य गत साता भने निरन्तर बढेको थियो । यस क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुले छोटो समयमा भएको अनअपेक्षित नाफा बुक गर्दा आइतवार जलविद्युत् समूहको परिसूचकमा उच्च अंकको गिरावट आएको नेपाल इन्भेष्टर्स फोरमकी सचिव दुर्गा तिवारी बताउँछिन् । 

जलविद्युत् समुहको परिसूचकमा देखिएको उतारचढाव :

स्रोत : नेप्से

लामो समय घटेको मूल्य एकाएक बढ्दा नाफा बुक गरी अन्य कम मूल्य भएका कम्पनीको शेयर खरीदमा लागेको तिवारी बताउँछिन् । ‘अहिले बजार सेक्टर सिफ्ट हुँदै बढेको अवस्था हो’, उनले भनिन्, ‘गत साता उछाल आएको जलविद्युत् क्षेत्रका कम्पनीको शेयरमूल्यमा आइतवार भने करेक्सन भयो ।’

लगानीकर्ता केशव कोइरालाले विगत चार वर्षदेखि लगातार घटेको जलविद्युत् कम्पनीहरुको शेयरमूल्य त्यसैको परिणाम स्वरुप बढेको बताए । उनले भने, ‘जलविद्युत् क्षेत्रका कम्पनीहरुको शेयरमूल्य बढ्नुको एउटा मात्र कारण न्यून मूल्य कायम हुन हो ।’

आइतवार जलविद्युत् समूहमा उच्च अंकको गिरावट नाफा बुकले गर्दा भएको उनलको भनाइ छ । अब विस्तारै वित्तीय विवरण कमजोर भएका कम्पनीहरुको शेयर मूल्यमा कमि आउने र उत्कृष्ट वित्तीय विवरण भएका कम्पनीहरुको शेयरमूल्य करेक्सन हुँदै अझै बढ्ने उनको विश्वास छ ।

कम पूँजि भएका जलविद्युत् कम्पनीहरु भित्रिरहेका छन्, यसले गर्दाले जलविद्युत् कम्पनीको शेयरमूल्यमा उतारचढाव आउनु स्वभाविक भएको उनको भनाइ छ ।

अंकित मूल्यभन्दा कम मूल्य ५ ओटा कम्पनीको मात्र 

जलविद्युत् क्षेत्रका कम्पनीको शेयरमूल्यमा तिव्र उतारचढाव आउँदा अब पाँच ओटा कम्पनीको मात्र शेयरमूल्य अंकित मूल्यभन्दा तल रहेको छ । यसअघि गत साउन मसान्तसम्मको अवस्थालाईनै फर्केर हेर्दा १२ ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा तल रहेको थियो । 

गत असोज ४ गतेको अन्तिम मूल्यको आधारमा आँखुखोला जलविद्युत् कम्पनी, खानीखोला जलविद्युत् कम्पनी, दिव्यश्वरी हाइड्रोपावर, नेशनल हाइड्रोपावर र युनियन हाइड्रोपावरको मात्र शेयरमूल्य अंकितमूल्य भन्दा तल रहेको छ । ती कम्पनीहरुको शेयरमूल्य पनि बढ्दो क्रममै रहेको देखिन्छ । 

आइतवारको करेक्सनपछि जलविद्युत् क्षेत्रको कम्पनीहरुको शेयरमूल्यले बाउन्स ब्याक पाउने सम्भावना पनि रहेको जानकारहरु बताउँछन् । अहिले लगानीकर्ताहरु सस्तो र राम्रो कम्पनीहरुको शेयरप्रति आकर्षित रहेकाले जलविद्युत् क्षेत्रमा पनि त्यस्ता कम्पनीहरु रहेकाले बाउन्स ब्याकको अवस्था आउने सम्भावना रहेको जानकारहरुको भनाइ छ ।

शेयर बजारमा जलविद्युत् समूहमा ३४ओटा कम्पनीहरु सूचीकृत रहेका छन् । गत असोज २ गतेमात्र नयाँ कम्पनी लिवर्टी इनर्जी कम्पनी लिमिटेड शेयर बजारमा थप भएको छ । धितोपत्र बजारमा १५ ओटा समूहका शेयरहरु सूचीकृत रहेका छन् ।

सूचीकृतमध्ये नियमित कारोबारमा १२ ओटा समुहरु सहभागी छन् । सूचीकृत समुहगत कम्पनीहरुमध्ये सरकारी बण्ड, ऋणपत्र र अग्राधिकार शेयर भने नियमित कारोबारमा आएका छैनन् ।

 

सूचीकृत ३४ ओटा कम्पनीमध्ये अंकित मूल्यभन्दा कम मूल्यका कम्पनी 

स्रोत : नेप्से


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)