यस बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
यस वर्षको पहिलो त्रैमासमा बैंकले गत वर्षभन्दा ४७ दशमलव ६६ प्रतिशतभन्दा बढी नाफा गरेको छ । गत वर्ष रु. ३४ करोड ९१ लाख नाफा कमाएको बैंकले यस वर्ष रु. ५१ करोड ५५ लाख ९१ हजार नाफा कमाएको छ ।
यस वर्ष पहिलो त्रैमाससम्म बैैंकको वितरणयोग्य नाफा रु. ९२ लाख ७४ हजार रहेको छ । हाल बैंकको चुक्ता पुँजी रु. ९ अर्ब ८ करोड ९८ लाख रहेको छ भने जगेडा कोषमा रु. ३ अर्ब ९० करोड ५९ करोड रहेको छ ।
चालू आवको पहिलो त्रैमाससम्म बैंकले रु. ९७ अर्ब ९४ करोड ६ लाख निक्षेप संकलन गरेको छ भने रु. ८२ अर्ब ६४ करोड ८६ लाख कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी रु. २२ दशमलव ६९ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रु. १५३ दशमलव ४० छ । आइतबार कम्पनीको अन्तिम शेयर मूल्य रु. २३३ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो स्पिनिङ टप आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने वा बढ्नेमा अनिश्चितता देखाउँछ । आरएसआई न्यूट्रल जोन ६३ दशमलव २७ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
कम्पनीको स्ट्यान्डर्ड डेभिएसन शून्य दशमलव ७४ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा समानान्तर बढेको छ ।
हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतबारको शेयर मूल्य रु. २३३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २२० मा टेवा पाउने र मूल्य महँगिए रु. २४१ मा प्रतिरोध पाउने देखिन्छ ।