प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत वर्षभन्दा यस वर्ष ५४ प्रतिशत बढी भएको छ ।
यस वर्ष कम्पनीले रु. १ अर्ब १ करोड ७६ लाखभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत वर्ष रु. ६५ करोड ९७ लाख रहेको थियो । कम्पनीको चुक्ता पुँजी रु. १३ अर्ब ९८ करोड ५२ लाख पुगेको छ ।
कैलाश विकास बैंकलाई प्राप्ति गरेपछि चुक्ता पुँजी वृद्धि भएको हो । अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो भने गत आवको लाभांश हालसम्म वितरण गर्ने प्रस्ताव गरेको छैन ।
आइतबार कम्पनीको शेयर मूल्य रु. ३४६ कायम भएको छ । यस दिन कम्पनीको २ लाख १३ हजार १२ कित्ता शेयर खरिद बिक्री भएको छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्यूट्रल जोन ७७ दशमलव शून्य ८ बिन्दुमा छ ।
यसले शेयर बिक्री चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३ दशमलव १८ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ ।
यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
आइतबारको शेयर मूल्य रु. ३४६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३४१ मा टेवा पाउने र मूल्य महँगिए रु. ३५१ मा प्रतिरोध पाउने देखिन्छ ।