ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनिलिभर कम्पनी : कम्पनी विश्लेषण (आइतवार, ७ मंसिर २०७७)

२०७७ मंसिर, ७  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

युनिलिभर नेपाल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रु. १२ करोड १ लाख खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको नाफा रु. २४ करोड ६३ लाख थियो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ५१ प्रतिशतले घटेको हो । यस वर्ष आम्दानी घटेकाले नाफामा असर परेको देखिन्छ । गत वर्ष रु. १ अर्ब ७६ लाख ४७ हजार कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रु. १ अर्ब २४ करोड २५ लाख कुल आम्दानी गरेको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल आम्दानी २९ दशमलव ५९ प्रतिशत कम भएको हो । बिहीबार कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता रु. २० हजार ३४४ मा पुगेको छ । यस दिन कम्पनीको १ हजार ४ सय ४० कित्ता शेयर खरिद बिक्री भएको हो ।


निष्कर्ष
कम्पनीको ४६ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो सेतो मैनबत्ती (सेतो मारुबोजू) बनेको छ । यस्तो आकृतिले हालको प्रवृत्ति बुलिसमा रहेको संकेत गर्छ । आरएसआई ओभर बौज्ट जोन ७२ दशमलव ७० बिन्दुमा छ । यसले शेयर खरिद चाप बढी रहेको देखाउँछ ।

कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ८५४ दशमलव ४४ बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि धेरै हुन्छ भने प्रतिफल पनि धेरै प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखालाई १४ दिने औसत मूल्यरेखाले तलबाट काटेर माथि उक्लेको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. २० हजार ३४४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १८ हजार ५४० मा टेवा पाउने देखिन्छ । कम्पनीको बिहीबारको शेयर मूल्य ४६ दिनयताकै उच्च मूल्य हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)