यस कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षभन्दा ९२ प्रतिशत बढी नाफा गरेको छ । गत वर्ष यस अवधिमा रु. ९ करोड ७५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रु. १८ करोड ७४ लाखभन्दा बढी नाफा गरेको हो । यस वर्ष कम्पनीको आम्दानी वृद्धि भएकाले नाफा बढेको हो ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा रु. ४० करोड ६८ लाखभन्दा बढी वस्तु बिक्रीबाट आम्दानी गरेकामा यस वर्ष सोही अवधिमा रु. ६२ करोड ३३ लाखभन्दा बढी यो आम्दानी गरेको हो । पछिल्लो कारोबार दिन बिहीबार कम्पनीको शेयर मूल्य ९ दशलमव ९९ प्रतिशत वृद्धि भएको छ । उक्त दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. २ हजार ९२८ पुगेको छ ।
निष्कर्ष
कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजू आकृति बनेको छ । यस्तो आकृतिले हालको प्रवृत्ति बुलिसमा रहेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ९१ दशमलव ८६ बिन्दुमा छ ।
यसले शेयर खरिद चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २२४ दशमलव १८ बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि धेरै हुन्छ भने प्रतिफल पनि धेरै प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
बिहीबारको शेयर मूल्य रु. २९२८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २४७९ मा टेवा पाउने देखिन्छ । कम्पनीको हालको शेयर मूल्य ५७ दिनयताकै उच्च हो ।