चालू आर्थिक वर्षको पहिलो त्रैमासमा शिवम् सिमेन्ट्सले रु. २९ करोड १ लाख ३९ हजार खुद नाफा गरेकोे छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको प्रभावका बीच पनि कम्पनीले गत वर्षभन्दा यस वर्ष २५ प्रतिशत बढी खुद नाफा गरेको हो ।
गत वर्ष यस अवधिमा कम्पनीको नाफा रु. २३ करोड १७ लाख २९ हजार थियो । कम्पनीको चुक्ता पुँजी रु. ४ अर्ब ४० करोड रहेको छ भने शेयर प्रिमियम शीर्षकमा यस वर्ष रु. ९५ करोड ६२ लाख ३३ हजार छुट्याएको छ ।
कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा १४ प्रतिशत बढी रु. ४ अर्ब ३७ करोड ७८ लाख ५० हजार कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. २६ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ रु. २२१ दशमलव २३ छ । गत वर्षको मुनाफाबाट २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत कात्तिक १३ गते पारित गरेको यस कम्पनीको अन्तिम शेयर मूल्य सोमवार रु. ९१३ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम लङ्गलेग्ड डोजी बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयर मूल्य घट्ने वा बढ्नेमा अनिश्चित रहेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७३ दशमलव ७१ बिन्दुमा छ ।
यसले शेयर खरिद चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३२ दशमलव ८९ बिन्दुमा छ । उतारचढाव बढी रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि धेरै र प्रतिफल पनि धेरै प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखाले १४ दिने औसत मूल्यरेखाले तलबाट काटेर माथि गएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयर मूल्य रु. ९१३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ९०० मा टेवा पाउने र महँगिए रु. ९२५ मा प्रतिरोध देखिन्छ ।