सोमवार गत पुस महिनामै प्रस्ताव गरेको ३५ प्रतिशत लाभांश पारितको मिति सार्वजनिक गरेको कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ९९ ले बढेर अन्तिम मूल्य रु. ६ हजार ९०० पुगेको छ । कम्पनीले आर्थिक वर्ष ०७५/७६ का लागि २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत गरी १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव २०७६ साल पुस २७ गते गरेको थियो ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर ८ गते साधारणसभाको मिति तय गरेको हो । मंसिर ३० गते लाभांशसहित विविध प्रस्ताव पारित गर्न कम्पनीले ५३ औैं वार्षिक साधारणसभा गर्ने भएको हो ।
उक्त सभा प्रयोजनका लागि मंसिर १५ गतेदेखि बुक क्लोज गर्ने तयारी कम्पनीको छ । यस वर्षसहित तीन आर्थिक वर्ष कम्पनीले निरन्तर ३५ प्रतिशतको अनुपातमा लाभांश दिएको छ ।
निष्कर्ष
कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य घट्ने वा बढ्नेमा अनिश्चित रहेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ८५ दशमलव ३४ बिन्दुमा छ ।
यसले शेयर खरिद चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ४१५ दशमलव २५ बिन्दुमा छ । उतारचढाव बढी रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि धेरै र प्रतिफल पनि धेरै प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयर मूल्य रु. ६ हजार ९०० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४ हजार ८८८ मा टेवा पाउने र महँगिए रु. ७ हजार २४२ मा प्रतिरोध पाउने देखिन्छ ।