कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् ।
कम्पनीले चालू आवको पहिलो त्रैमासमा रु. २ करोड १७ लाख ३७ हजार खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले रु. २ करोड १३ लाख ६८ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस कम्पनीले नागबेली लघुवित्त र स्वेडा लघुवित्तलाई प्राप्ति गरेपछि पुँजी वृद्धि भएको छ ।
यी दुई कम्पनी प्राप्तिपछि कम्पनीको चुक्ता पुँजी रु. ४० करोड २३ लाख ५२ हजार पुगेको हो । मंगलवार कम्पनीको शेयर मूल्य रु. ९१३ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिन छोटो टुप्पी र छोटो पुच्छर भएको लामो सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयर मूल्य आगामी दिनमा बढ्न संकेत गर्छ ।
आरएसआई न्युट्रल जोन ५० दशमलव १९ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ४ दशमलव ३५ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाको बीचमा छ ।
मंगलवारको शेयर मूल्य रु. ९१३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ९०० मा टेवा पाउने र महँगिए रु. ९३३ मा प्रतिरोध पाउने देखिन्छ ।