ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आरएसडिसी लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, ११ मंसिर २०७७)

२०७७ मंसिर, १०  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर र ३ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफा २३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रु. २ करोड २८ लाख १५ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. २ करोड ८१ लाख २७ हजार पुगेको हो । बुधबार कम्पनीको शेयर मूल्य रु. ६२३ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ । आरएसआई ओभरबौज्टजोन ७० दशमलव शून्य ५ बिन्दुमा छ । यसले शेयर खरिद चाप बढी रहेको देखाउँछ ।

कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १० दशमलव ४१ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधबारको शेयर मूल्य रु. ६२३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ५८३ मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)