ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुक्तिनाथ विकास बैंक : कम्पनी विश्लेषण (सोमवार, १५ मंसिर २०७७)

२०७७ मंसिर, १५  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

यस कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रु. २९ करोड ४१ ५९ हजार खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष कम्पनीले २८ प्रतिशत बढी नाफा गरेको हो ।

गत वर्ष यस कम्पनीको यो अवधिमा रु. २२ करोड ८७ लाख ६४ हजार खुद नाफा थियो । यस वर्ष खुद ब्याज आम्दानी बढेसँगै कम्पनीका नाफा बढ्नमा सहयोग मिलेको हो । गत वर्ष रु. ५२ करोड ३६ लाखभन्दा बढी खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष रु. ५९ करोड ६ लाखभन्दा बढी खुद ब्याज आम्दानी कम्पनीले गरेको छ ।

पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रु. १५ करोड २१ लाख ९१ हजार रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रु. २७ दशमलव २१ रहेको यस कम्पनीले हालसम्म गत आर्थिक वर्षको लाभांश सार्वजनिक गरेको छैन । आइतबार कम्पनीको शेयर मूल्य रु. ३९ ले बढेर अन्तिम मूल्य रु. ४३३ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ८६ दशमलव ६३ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १८ दशमलव ५६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम र प्रतिफल पनि कमै प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढा छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतबारको शेयर मूल्य रु. ४३३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३८४ मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको शेयर मूल्य ५८ कारोबार दिनयताकै उच्च हो ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)