ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गुराँस लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (मंगलवार, २३ मंसिर २०७७)

२०७७ मंसिर, २३  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

यस कम्पनीले आर्थिक वर्ष ०७४/७५ को लाभांश मंसिर ४ गते पारित गरेको छ । कम्पनीले उक्त वर्षको ५ दशमलव २५ प्रतिशत बोनस शेयर पारित गरेको हो ।

शतप्रतिशत हकप्रद शेयरपछि चुक्ता पुँँजी रु. १ अर्ब ८७ करोड ७० लाख ४० हजार पुगेको छ । सोही पुँजीको आधारमा कम्पनीले उक्त लाभांश पारित गरेको हो । हालसम्म कम्पनीले आर्थिक वर्ष ०७५/७६ को लागि लाभांश प्रस्ताव गरेको छैन ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा रु. ५६ करोड ६२ लाख ८९ हजार रहेको छ । यस वर्ष रु. ४ करोड २७ लाख ७२ हजार खुद नाफा गरेको छ भने रु. ९७ करोड ३ लाख ८८ हजार कुल बीमाशुल्क आर्जन गरेको छ ।

प्रतिशेयर आम्दानी रु. ९ दशमलव ११ रहेको कम्पनीको सोमबार अन्तिम शेयर मूल्य प्रतिकित्ता रु. ६२५ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र लामो पुच्छर भएको सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य बुलिसमा जाने संकेत गर्छ । आरएसआई न्युट्रलजोन ५३ दशमलव शून्य १ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १८ दशमलव ५४ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ ।

यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

सोमबारको शेयर मूल्य रु. ६२५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ५९५ मा टेवा पाउने र महँगिए रु. ६५५ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)