ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एशियन लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (शुक्रवार, २६ मंसिर २०७७)

२०७७ मंसिर, २६  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले अगामी पुस ४ गते साधारणसभा आयोजना गर्ने भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड ‘ग’ ले निर्धारण गरेको सीमाभन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्न साधारणसभा आयोजना गर्ने भएको हो ।

कम्पनीले चालू आवको पहिलो त्रैमासमा रु. ९ करो्ड ४० लाख नाफा कमाएको थियो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १३३ प्रतिशत वृद्धि भएको हो ।

गत आवको पहिलो त्रैमासमा कम्पनीले रु. ४ करोड २ लाख ३३ हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा पनि बढेको हो । साताको अन्तिम कारोबार दिन बिहीवार कम्पनीको शेयर मूल्य रु. ८६२ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको दिशा अन्योलमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रलजोन ५७ दशमलव १४ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १५ दशमलव ३८ बिन्दुमा छ ।

उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

बिहीवारको शेयर मूल्य रु. ८६२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ८२९ मा टेवा पाउने र महँगिए रु. ८७८ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)