ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रिलायन्स लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, २८ मंसिर २०७७)

२०७७ मंसिर, २८  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले भदौ महिनामा मात्र सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । अहिले कम्पनीको शेयर मूल्य दोस्रो बजारमा रु. ६२३ रहेको छ । बिहीबार कम्पनीको २० हजार ५५५ कित्ता शेयर खरिद बिक्री भएको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा कम्पनीको नाफा चालू आवको सोही अवधिमा ६२ दशमलव ४३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रु. १ करोड ८५ लाख नाफा कमाएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ३ करोड ७२ हजार पुगेको छ ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्म रु. ४८ करोड २८ लाख बीमाशुल्क आर्जन गरेको हो । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा बीमाशुल्क ८९ प्रतिशत वृद्धि भएको छ ।  

गत आवको सोही अवधिमा कम्पनीले रु. २५ करोड ४१ लाख बीमाशुल्क आर्जन गरेको थियो । चुक्ता पुँजी रु. २ अर्ब १० करोड रहेको कम्पनीले जगेडा कोषमा रु. १७ करोड ३० लाखभन्दा बढी सञ्चित गरेको छ ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा दिनमा इन्भर्टेड ह्याम्मर बनेको छ । यस्तो आकृतिले बजारमा विद्यमान हालको प्रवृत्ति उल्टिने संकेत गर्छ ।

आरएसआई न्युट्रलजोन ५१ दशमलव ७० बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ८ दशमलव ३६ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ ।

यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै रेखाको बीचमा छ ।

बिहीबारको शेयर मूल्य रु. ६२३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ६१० मा टेवा पाउने र महँगिए रु. ६४२ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)