कम्पनीले आव ०७५/७६ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले चालू आवको पहिलो त्रैमासमा रु. १० करोड १६ लाख नाफा कमाएको छ ।
गत आवको पहिलो त्रैमासमा कम्पनीले रु. ७ करोड ८७ लाख नाफा कमाएको थियो । बिहीबार कम्पनीको शेयर मूल्य रु. ६९० कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप बनेको छ । यस्तो आकृतिले कम्पनीको हालको प्रवृत्ति अन्योलमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रलजोन ५३ दशमलव ९४ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ११ दशमलव १४ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा र १४ दिने मूल्यरेखा एकै बिन्दुमा छ । बिहीबारको शेयर मूल्य रु. ६९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ६७३ मा टेवा पाउने र महँगिए रु. ७४७ मा प्रतिरोध पाउने देखिन्छ ।