ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुटवल पावर कम्पनी : कम्पनी विश्लेषण (आइतवार, ५ पुस २०)

२०७७ पौष, ५  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले हालसम्म गत आवको मुनाफाबाट यस वर्षका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । अघिल्लो वर्षको नाफाबाट गत वर्ष १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

चालू आवको पहिलो त्रैमासमा रु. ५ करोड १८ लाख ५७ हजार मुनाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले रु. ६ करोड ९३ लाख नाफा कमाएको थियो । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको नाफा २५ प्रतिशत कमी आएको हो ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानी घटेकाले नाफा घटेको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रु. २० करोड ७७ लाख आम्दानी गरेकामा चालू आवको सोही अवधिमा रु. १९ करोड ३ लाखमा सीमित भएको हो । बिहीबार कम्पनीको शेयर मूल्य रु. ४४७ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा दिनमा इन्भर्टेड ह्याम्मर बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्ति उल्टिने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५६ दशमलव शून्य ८ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २ दशमलव ७८ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ ।

यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ ।

हालको मूल्यरेखाले १४ दिने औसत मूल्यरेखालाई काटेर तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबारको शेयर मूल्य रु. ४४७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४२८ मा टेवा पाउने र महँगिए रु. ४५४ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)