ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिलिमे हाइड्रोपावर कम्पनी : कम्पनी विश्लेषण (आइतवार, ५ पुस २०)

२०७७ पौष, ५  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस १२ गते साधारणसभा बोलाएको छ ।

मंसिर २८ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् । कम्पनीको हाल चुक्ता पुँजी रु. ५ अर्ब ७० करोडभन्दा बढी रहेको छ । १० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको पुँजी रु. ६ अर्ब २८ करोड भन्दा बढी पुुग्नेछ ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीले रु. २२ करोड १० लाख नाफा कमाएको थियो ।


निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा दिनमा टुप्पी र पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ ।

आरएसआई न्युट्रल जोन ४० दशमलव ४७ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३७ दशमलव ४५ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।

बिहीबारको शेयर मूल्य रु. ५२८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ५१५ मा टेवा पाउने र महँगिए रु. ६१० मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)