बैंकले गत मंसिर २० गतेको १४ औं वार्षिक साधारणसभाबाट गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । साथै, आगामी माघ १५ गते तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न विशेष साधारणसभा बोलाएको छ ।
बैंकले सभा प्रधान कार्यालय नारायणहिटी पथ, दरबारमार्गमा बिहान ११ बजे बोलाएको छ । अघिल्लो आवमा बैंकले ३ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बुधबार बैंकको शेयर मूल्य रु. २९५ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा क्यापिटुलेसनको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६९ दशमलव ९० बिन्दुमा छ । यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ५ दशमलव ११ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधबारको शेयर मूल्य रु. २९५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २७० मा टेवा पाउने र महँगिए रु. ३०७ म प्रतिरोध पाउने देखिन्छ ।