ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल इन्भेष्टमेन्ट बैंक : कम्पनी विश्लेषण (शुक्रवार, २ माघ २०७७)

२०७७ माघ, २  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि बैंकले माघ ८ गते साधारणसभा बोलाएको छ । सभा बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा बिहान १० बजे हुने जानकारी गराएको छ ।

पुस २१ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । अघिल्लो आवको मुनाफबाट बैंकले १० दशमलव ५ प्रतिशत बोनस शेयर ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  बुधबार कम्पनीको शेयर मूल्य रु. ४८५ कायम भएको छ । यस दिन कम्पनीको ६२ हजार ३३ कित्ता शेयर खरिद विक्री भएको हो ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा दिनमा ग्रेभस्टोन डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बियरिसमा रिभर्सल हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४६ दशमलव ३९ बिन्दुमा छ ।

यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १ दशमलव ७२ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकै बिन्दुमा जोडिएको छ । हालको मूल्यरेखा यी दुबै मूल्यरेखाभन्दा मुनि छ । बुधबारको शेयर मूल्य रु. ४८५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४७० मा टेवा पाउने र महँगिए रु. ५०९ म प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)