ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेरुडे लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, ५ माघ २०७७)

२०७७ माघ, ५  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको थियो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष कम्पनीले लाभांश घटाएको छ । गत वर्ष १५ प्रतिशत बोनस शेयर र ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

आइतबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. १ हजार २६४ पुगेको छ । यस दिन कम्पनीको ५२ हजार ८०६ कित्ता शेयर खरिद बिक्री भएको हो ।  

निष्कर्ष
कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको सेतो मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ ।

आरएसआई ओभरबौज्ट जोन ७२ दशमलव शून्य ६७ बिन्दुमा छ । यसले शेयर खरिद चाप बढी रहेको देखाउँछ ।

कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ५१ दशमलव शून्य १ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतबारको शेयर मूल्य रु. १ हजार २६४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार १३५ मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको शेयर मूल्य ५८ कारोबार दिनयताकै उच्च हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)