कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी रु. ११ करोड ७ लाख रहेको छ । १५ प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. १२ करोड ७३ लाखभन्दा बढी पुग्नेछ । मंगलवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. १ हजार ३६७ पुगेको छ ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको कालो मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्तिमा बुलिसमा रिभर्सलको संकेत गर्छ ।
आरएसआई ओभरबौज्ट जोन ८१ दशमलव ३९ बिन्दुमा छ । यसले शेयर खरिद चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७१ दशमलव ६२ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ ।
यस्तो अवस्थामा जोखिम पनि मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
मंगलवारको शेयर मूल्य रु. १ हजार ३६७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार १६० मा टेवा पाउने र महँगिए रु. १ हजार ३९१ मा प्रतिरोध पाउने देखिन्छ ।