ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इन्फिनिटी लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बुधवार, ७ माघ २०७७)

२०७७ माघ, ७  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

यस कम्पनीले गत वर्षको सञ्चित मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी रु. २२ करोड ८१ लाख ४० हजार छ ।

सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारित गर्न कम्पनीले माघ २४ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ ।

उक्त सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण हुनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यस आधारमा माघ ८ गतेसम्म लाभांशका लागि शेयर कायम गर्नुपर्नेछ । मंगलवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु. ३० ले घटेर भएर अन्तिम मूल्य रु. १ हजार ३७० पुगेको छ ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ ।

आरएसआई ओभरबौज्ट जोन ७७ दशमलव ७४ बिन्दुमा छ । यसले शेयर खरिद चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ८६ दशमलव ५५ बिन्दुमा छ ।

उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्का देखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयर मूल्य रु. १ हजार ३७० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार १५३ मा टेवा पाउने देखिन्छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)