कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीले अघिल्लो वर्ष ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष लाभांश घटेको छ । मंगलवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. २ हजार ४३४ पुगेको छ ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको कालो मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६४ दशमलव ९६ बिन्दुमा छ । यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३४ दशमलव ११ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयर मूल्य रु. २ हजार ४३४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २ हजार २३१ मा टेवा पाउने देखिन्छ ।